तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद एक अविच्छिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, मुनाफारहित, गैरराजनीतिक तथा गैरसरकारी, अधिकारवादी सामाजिक संस्था हो।

वि. स. २०११ सालमा तमू(गुरुङ) जातिको उत्थानको निम्ति स्थापित गुरुङ कल्याण संघ को मर्म र भावनालाई कदर गर्दै, तमूहरुको दुवै राष्ट्रिय संगठन तमू छोंज धीं (स्थापना - २०४९)गुरुङ राष्ट्रिय परिषद (स्थापना - २०५७) ले सम्पूर्ण तमू (गुरुङ) हरुको हक र अधिकारको लागि तमू (गुरुङ) हरुको भाषा, लिपि, धर्म, कला, संस्कृति, संस्कार र परम्पराको संरक्षण र संवर्द्धन गर्दै उनीहरुको सामाजिक, आर्थिक, शैक्षिक र भाषिक विकास गर्नको लागि, समान उदेश्य भएका तमू संघ-संस्थाहरु वीच एकिकरण गर्ने कुरा जाहेर गर्दै, विभिन्न धर्म, दर्शन, राजनीतिक आस्था र विचार राख्ने तमू संघ-संस्थाहरुलाई आवश्यक समन्वय गर्दै, जातीय अस्तित्व, पहिचान र भावि सन्तानहरुको मार्ग सुनिश्चित र यशपूर्ण वनाउदै, एकतावद्ध भई आत्मनिर्णयको अधिकार सहितको तमूवान स्वायत्त प्रदेश प्राप्त गर्नको लागि समेत तमू एकता वान्छनीय भएकोले दुवै संस्था वीच एकीकरण भई एकता महाधिवेशन सम्पन्न पश्चात तमू ह्युल छोंज धीं गुरुङ राष्टिय परिषद को स्थापना स्थापना भएको हो।

Tamu Chhonj Dhee Gurung Rashtriya Parishad

अन्य महत्त्वपूर्ण जानकारी

संस्थाको नाम
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
अंग्रेजीमा नाम
The National Council House of Tamu
संस्थाको कार्यालय ठेगाना
मित्रनगर-२६, नयाँ बस पार्क पछाडि, काठमाडौं, नेपाल
संस्थाको कार्यक्षेत्र
नेपाल राज्यभरि
संस्थाको कार्यक्षेत्र
  • सम्पूर्ण तमूहरु समान एक जति हो|
  • तमू क्यूई तमूहरुको मूल भाषा हो|
  • कुल धर्म(वोन) मूल धर्म हो|
  • वौद्ध धर्म तमूहरुको पहिचान धर्म हो|
  • महिला र पुरुषको तमू भेषभुषालाई सरक्षण र संवर्द्धन गरिनेछ|
  • तमू खेगीहरु र प्ये ता ल्हू तां को सरक्षण र संवर्द्धन गर्नु तमूहरुको परम कर्तव्य हुनेछ|
  • तमू खेगी (गुरुङ पुरोहित) हरुको भेषभुषा सरक्षण र संवर्द्धन गरिनेछ|

सम्पर्क

हाम्रो ठेगाना

तमू ह्‍युल छाेंज धीं गुरूङ राष्ट्रिय परिषद भवन,
मित्रनगर-२६, नयाँ बस पार्क पछाडि,
काठमाडौं, नेपाल - ४४६००

हाम्रो इमेल

tamuhyula@gmail.com

पोस्ट बक्स नं

२३३४८

फोन / फ्याक्स

०१-४९८५८६८